प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा आज(आइतबार) सेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसुचकमा ०.६८ अंकले वृद्धिभइ १८६७.४६ विन्दुमा आएको छ। यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाको कारोबार भएको छ।
यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ। यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ। एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।