२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

नेप्सेमा दुई लघुवित्त र दुई बीमा कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साता (चैत १९ गतेदेखि चैत २४ गते) दुई लघुवित्त र दुई बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा चार कम्पनीको २३ लाख ३ हजार ३४५.८५ कित्ता बोनस सूचीकृत भएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशत बोनस बापतको १० लाख २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, वीन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस बापतको ६७ हजार ६५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५० प्रतिशत बोनस बापतको ७ लाख ६२५ कित्ता सेयर सूचीकृत भएको हो । त्यसैगरी, युनाइटेड इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com