२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

भुगोल इनर्जीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने

भुगोल इनर्जीले आज(बिहिबार) देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मुल्यमा १० लाख ८८ हजार १०७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

चैत २७ गतेदेखि ढिलोमा २०८० बैशाख ७ गतेसम्म भर्न सकिने सो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त आइपीओम एनआईसी एशिया क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com