ह्वात्तै बढ्यो सुनको मूल्य, कति छ आज ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(मंगलबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य अनुसार आज छपावाला सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सोमबार प्रतितोला १ हजार ६ सय रुपैयाँ, आइतबार प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिनमा ३ हजार ९ सय रुपैयाँले बढेको छ। यस्तै, तेजावी सुनको मूल्य प्रति तोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।
यस्तै, प्रतितोला ४५ रुपैयाँले बढेर चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ कायम भएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।