यस्तो छ आजको विदेशी विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा कायम भएको छ।
त्यस्तै राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा र युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा र निर्धारण गरेको छ।
यस्तै, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८१ पैसा र विक्रीमा १० रुपैयाँ ८५ पैसा र रहेको छ, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ १५ पैसा र बिक्रीदर २९ रुपैयाँ २९ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।