२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

हेर्नुहोस आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा र एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ०४ पैसा कायम भएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २८ पैसा ,अष्ट्रेलियन डलर एकको खरिद ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५५ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा १० रुपैयाँ ७५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com