एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश बितरण गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको १७औं वार्षिक साधारण सभा चैत्र २० गते गर्ने निर्णय गरेको छ। काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा आयोजना गरिने सो साधारण सभामा कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
२५ गते बस्ने साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियूक्ती अनुमोदन गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
बाँकी हेर्नुहोस :