२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

१४ वर्षमा नारायणहिटी दरबार संग्रहालयले कमायो ६० करोड

नारायणहिटी दरबार संग्रहालयले १४ वर्षमा संग्रहालय अवलोकन गर्दा लाग्ने टिकट बिक्रीबाट ६० करोड रूपैयाँ बराबरको आम्दानी गरेको छ। संग्रहालय खुलेको १४ वर्षमा सबैभन्दा बढी सर्वसाधारणको टिकट बापत आम्दानी संकलन भएको नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिले जनाएको छ।

१४ वर्षको अवधिमा २१ लाख ३७ हजार ९ सय ५१ सर्वसाधारणले संग्रहालय अवलोकन गरेको समितिका सूचना अधिकारी पुरूषोत्तम थापाले जानकारी दिए। १४ वर्ष अवधिमा नारायणहिटी संग्रहालयसँगै श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने भएपछि अवलोकनकर्ताको संख्यामा वृद्धि भएको उनले बताए।

१५ लाख ७६ हजार ८ सय ५९ विद्यार्थीले संग्रहालय र गणतन्त्र स्मारक अवलोकन गरेका र उनीहरुको टिकटबाट ७ करोड ८८ लाख ४२ हजार रूपैयाँ संकलन भएको समितिले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com