२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १३
Thu Apr, 2024

भारतमा प्रतिव्यक्ति आय ८ वर्षमा दोब्बर,  अहिले १ लाख ७२ हजार रुपैयाँ

भारतमा प्रतिव्यक्ति आय ८ वर्षमा नै दोब्बर भएको छ।  अहिले भारतमा प्रतिव्यक्ति आय १ लाख ७२ हजार रुपैयाँ पुगेको छ। तर असमान आय वितरण भने चुनौती पूर्ण नै रहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले देखाएको छ ।
सन् २०१४/१५ मा  ८६ हजार ६४७ रुपैयाँ रहेको प्रतिव्यक्ति आय यो अवधिमा ९९ प्रतिशतले बढेको छ । मूल्य वृद्धिसँगको समायोजनपछि भने आय वृद्धि ३५ प्रतिशत रहेको छ ।
अधिकांश वृद्धि जनसंख्याका सबैभन्दा धनी १० प्रतिशतको हातमा छ । यसको ठिक विपरित औसत तलब घट्दो छ, वास्तविकतामा तलब झनै घटेको जेएनयूका पूर्व प्राध्यापक तथा विकास अर्थशास्त्री जयन्ती घोषले भनिन् ।
स्वास्थ्य, शिक्षा र आर्थिक तथा सामाजिक गतिशिलतासम्बन्धी नतिजामा सुधार आएको छ । कोभिडका कारण अर्थतन्त्र चौपट बनेको थियो । अहिले उल्लेख्य आर्थिक पुनःबहाली भइरहेको छ ।
बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार भारत बेलायतलाई उछिनेर विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ । अब भारतभन्दा अगाडि अमेरिका, चीन, जापान र जर्मनी मात्रै छन् । एक दशकअघि भारत विश्वको ११ औं ठूलो अर्थतन्त्र थियो ।
समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com