यी हुन् त्रिभुवन विमानस्थलको शुल्क समयमा नतिर्ने हवाई कम्पनी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक हवाई उडान गर्दा तिर्नुपर्ने सेवा सुबिधा वापतको रकम तिर्न ढिलाई गरेका विभिन्न हवाई कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही अगाडी बढाएको छ।
नियमित रुपमा शुल्क नतिर्ने कम्पनीका सेवा सुबिधा खारेज गर्न प्राधिकरणले अडिट सुरु भएको छ। बुद्ध एयरबाहेक अरु कम्पनीको बक्यौता बाँकी रहेको प्राधिकरणका एक अधिकारीले बताए। सबैभन्दा धेरै बक्यौता नेपाल वायुसेवा निगमको रु १८ करोड बाँकी रहेको बताइएको छ।
प्राधिकरणका अनुसार आन्तरिक उडान गर्ने कम्पनीको ४८ करोड रुपैयाँ बक्यौता छ। विभिन्न वायुसेवाको संचालन विल मासिक करिब ५० लाख रुपैयाँ कायम हुने गरेको उनले जानकारी दिए। प्राधिकरणले सुचना जारी गरेको २१ दिनभित्र नतिरे सेवा रोकिने उनले बताए।
वायुसेवा कम्पनीको नाम |
विमानस्थलको बक्यौता रकम |
नेपाल वायुसेवा निगम |
१८,००००००० |
सीता एयर |
१,५०००००० |
समीट एयर |
७०,००००० |
तारा एयर |
५०,००००० |
गुण एयरलाइन्स |
४,००००००० |
सौर्य एयरलाइन्स |
१,४८,००००० |
श्री एयरलाइन्स |
८६,००००० |
यती एयरलाइन्स |
३,३६,००००० |
बुद्ध एयर |
०० |