२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

समता घरेलु लघुवित्तले चैत ११ गते लाभांश पारित गर्ने

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते प्रस्तावित १८ प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा हिमालयन दृश्य रिसार्ट, धुलिखेलमा विहान ११ः३० बजे गर्ने समेत निर्णय गरेको हो।

सभाले प्रस्तावित १८ प्रतिशत लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नुका साथै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ३४ करोड २७ लाख ४४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभाश वितरणको प्रस्ताव कम्पनीले गरेको छ ।

साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर कार्य सम्पन्न भई २०७८ साल वैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु गरेकाले लाभांशमा लाग्ने करमा भने छुट हुनेछ । स्वरोजगार घलुवित्तसँग मर्जर प्रक्रियामा रहेको कम्पनीले मर्जरको प्रस्तावलाई समेत स्वीकृति दिनेछ । मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com