२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

आजदेखि बिपिडब्लु लघुवित्तको आईपीओ

आज(बिहिबार) देखि बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ सर्बसाधारणको लागि जारी गर्ने भएको हो।

जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ। संस्थाले बाँकी रहेको आईपीओ मध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुत्याइएको छ। भने बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्सले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले फागुन २३ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा ढिलोमा चैत २ गतेसम्म आवेदन दिन पाउने संस्थाले जनाएको छ।

यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com