आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(बिहिबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार सुनको मूल्य प्रति तोला ३ सयले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।
महासङ्घका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। त्यस्तै, आज चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।