प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा

प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्ने गरी ९ लाख कित्ता संस्थापक सेयर चैत २१ गतेदेखि लिलामीमा ल्याउने भएको छ ।
लगानीकर्ताले लिलामीमा राखिने सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन पाउने छन्। लगानीकर्ताले न्यूनतम मूल्य १३० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ।
इच्छुक लगानीकर्ता बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। लिलामी भर्ने अन्तिम म्याद चैत २९ गतेसम्म तोकिएको छ।