२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

झिनो अंकले बढ्यो नेप्से, ८१ करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार

साताको कारोबारको चौथो दिन आज(बुधबार) सेयर बजार बढेको छ। आजको नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको २५ लाख ३९ हजार ०४८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचकमध्ये तीन उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ।

कारोबारको आधारमा ३ करोड ५६ लाखभन्दा बढीको कारोबार गरी एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ भने दोश्रोमा सानिमा माई हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन्।

आजको कारोबारमा सुपरमाई हाइड्रोपावर र कलिञ्चोक दर्शनको सेयर भाउ १० प्रतिशतले बढेको छ। यि दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, खप्तर्ड लघुवित्त र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com