२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

यस्तो रह्यो आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज अमेरिकी डलर १८ पैसाले घटेर खरिददर १३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम भएको छ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा र युरोपियन युरो १४ पैसाले घटेर खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ।

यसैगरी कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९४ पैसामा काराेबार हुनेछ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३० पैसा तोकिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com