अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
संस्थाले अब उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउनेछ। राष्ट्र बैंकबाट वित्तीय वित्तीय विवरण स्वीकृत भएर आएपछि संस्थाले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्नेछ।