२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

आज राताम्मे सेयर बजार, नेप्से १५.७६ अंकले घट्यो

साताको कारोबारको चौथो दिन आज(बुधबार) सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३२ अङ्कले घटेर ३६३.९० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ।

आज ७ करोड ६३ लाखभन्दा बढीको कारोबार गरी नेपाल लाइफ इन्स्योरेन्सअग्रिम स्थानमा रहेको छ भने दोश्रोमा एनआईसी एशिया बैंक र हिमालयन डिस्टिलरी रहेका छन्।

आजको कारोबारमा मायाखोला हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, बोटलर्स नेपाल (तराई) र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com