हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा कायम भएको छ।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६५ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा र युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, जापानी येनमा १० एकको खरिददर १० रुपैयाँ र विक्रीदर १० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, मलेसियन रिंगिट एकको खरिददर आइतबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०५ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा कायम भएको छ।