२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

तीन कम्पनीको सेयर भाउमा सकारात्मक र एक लघुवित्तको नकारात्मक सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक र एक लघुवित्तको सेयर भाउमा नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।

त्यस्तै, सिर्जनसिल लघुवित्त वित्तीय संस्थाको सेयर भाउ १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

मानुषी लघुवित्तको सेयर भाउ ७७ रुपैयाँले बढेर ८ सय ४७ रुपैयाँ, युनिक नेपाल लघुवित्तको सेयर भाउ १ सय ६० रुपैयाँ ४० पैसाले बढेर १ हजार ७ सय ६४ रुपैयाँ ६० पैसा र शुभम पावरको सेयर भाउ ५१ रुपैयाँ ६० पैसाले बढेर ५ सय ६७ रुपैयाँ ६० पैसा पुगेको छ।

सिर्जनसिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १ सय ५० रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com