२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

सुनको मूल्य आजसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(आइतबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज सुनले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ।

अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com