२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

तीन कम्पनीको मूल्य समायोजन, कसको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(शुक्रबार) स्वाभिमान लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमा मूल्य समायोजना भएको छ।

नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार १ हजार २६० रुपैयाँमा भएको स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ १ हजार ५० रुपैयाँ कायम भएको छ।

नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४१४ रुपैयाँमा भएको प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४०० रुपैयाँ ६८ पैसा कायम भएको छ।

नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४२० रुपैयाँमा भएको हिमालयन एभरेस्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४०८ रुपैयाँ ७६ पैसा कायम हुनेगरी समायोजन भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com