२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम भएको छ।

क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, युरोपियन युरोको भाउ खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८८ रुपैयाँ १९ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९४ पैसा र विक्रीमा ९ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३३ पैसा कायम भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com