यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दरमा अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ८६ पैसा र बिक्रीदर ८९ रूपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५० पैसा र युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा कायम भएको छ।
जापानी येनमा १० एकको खरिददर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३७ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।