२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

सुनचाँदीको मुल्यमा सामान्य फेरबदल, कति पुग्यो तोलाको ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (आइतबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज सुनको मूल्य प्रतितोला २ सयले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।

महासङ्घका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार हुने भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपालका लागि मूल्य तोक्दै आएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com