नेप्से परिसूचक ४.५५ अंकले बढ्यो, २ अर्ब ५२ करोड बराबरको कारोबार

साताको पहिलो दिन आज(आइतबार) नेप्से परिसूचक ४.५५ अंकले बढेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अङ्कले घटेर ३८४.०८ बिन्दुमा पुगेको छ।
आज कूल २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको हो।
आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार गरी हिमालयन डिस्टिलरी अग्रिम स्थानमा रहेको छ भने एनआईसी एशिया बैंक र छिमेक लघुवित्त दोश्रो स्थानमा छन्। विजय लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले अत्याधिक कमाएका छन् भने सिटिजन म्युतुअल फण्ड र जनौत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।