इङवा हाइड्रोपावरको आईपीओ फागुन २१ गतेदेखि

आगामी फागुन २१ गतेदेखि इङवा हाइड्रोपावरको आईपीओ खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपाली का लागि १ लाख २० कित्ता सेयर जारी गर्न लागेको जानकारी दिएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–३ र पाँचथर जिल्लाको यङपरक गाउँपालिका–२ स्थानीय बासिन्दालागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६ करोड रुपैयाँबराबरको सेयर जारी गर्न लागेको हो।
एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको सो आईपीओमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। चैत ५ गतेसम्म आवेदन दिन दुवै समुहले आवेदन दिन सक्नेछन भने स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने ढिलोमा चैत २० गते हुनेछ।
स्थानीयले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट र वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।