यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(आइतबार)को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दरमा अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।
राष्ट्र बैङ्क अनुसार युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९० रूपैयाँ ०४ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७८ पैसा र विक्रीमा १० रुपैयाँ ८२ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८२ पैसा कायम भएको छ।
साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।