२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

हेटौँडा सिमेन्ट उद्योग पुन सुचारु

कोइलाको अभाव भएपछि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आज (शुक्रबार)देखि पुनः उत्पादन शुरु भएको छ। कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो।

केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ।

“आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्नेछ उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। बाँकी कोइला आउने क्रममा रहेको छ। कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com