२०८० चैत्र १६ - Fri Mar, 2024 -

Biz Suchana

२०८० चैत्र १६
Fri Mar, 2024

फिल्म “हुक्का”को फस्टलुक सार्वजनिक

आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।

फस्टलुकमा फिल्मका प्रमुख कलाकार तेज गिरी र अशु न्यौपानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । फिल्ममा प्रमिला र तेजका अलावा प्रकाश घिमिरे अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com