२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग आवश्यक कोइला अभावमा सिमेन्ट उत्पादन बन्द भएको छ । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको जानेको छ।

उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरे। उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने बताएको छ ।

विसं २०३३ मा एशियाली विकास बैंकको सहयोगमा स्थापना भएको उक्त उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो । दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने उद्योग पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सोचेको अनुसारको उत्पादन नहुदा बिगत चार बर्षदेखी घाटामा छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com