२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

एनएमबि लघुवित्तको नाफा घट्यो

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। एनएमबि लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५० लाख ३२ हजार रुपैयाँमा खुद नाफा कमाएको छ।

गत वर्षको तुलनामा ९३.०७ प्रतिशतले नाफा कम रहेको छ। गत वर्षको यसैअवधिमा कम्पनीले ७ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यता, एनएमबिको समीक्षा अवधिमा खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले घटेर १६ करोड ९३ लाख रुपैयाँमा आएको छ।

गतवर्ष यस लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसामा झरेको र इपीएस २२ रुपैयाँ १३ पैसा थियो। एनएमबि लघुवित्तको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १४ पैसा रहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com