ललितपुर ग्वार्कोमा नेपालको पहिलो ‘फ्लाइओभर’ निर्माण शुरु

आगामी शुक्रबारबाट ललितपुर महानगरपालिका अन्तर्गत ग्वार्कोमा नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण सुरु हुने भएको छ । सडक विभागका अनुसार १४ महिनामा निर्माण सम्पन्न हुनेछ।
रिङरोडमा जोडिएको ग्वार्को चोकमा फागुनबाट फ्लाइओभर निर्माण सुरु भएको हो । पहिले यसको निर्माण माघबाट सुरु हुने बताइएको थियो । तर, डिजाइनमा भएको केही परिर्वतनका कारण स्वीकृत हुन समय लागेकाले फागुनबाट निर्माण कार्य सुरु गरिएको हो ।
आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरू गर्ने सडक विभागले जनाएको छ । फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ।
विभागका अनुसार कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्याम्प निर्माण गरिनेछ।