२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

भूगोल इनर्जी डेभलपमेन्टको आइपिओ फागुन ८ गतेदेखि

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय नौमुले द्धारी–३ दैलेखका स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता र दैलेख जिल्लाका अन्य स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले फागुन ८ गतेदेखि २५ गतेसम्म आबेदन दिन सक्नेछन। सो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत ७ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा जानेले फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ । स्थानीय र वैदेशिक रोजगारीमा जानले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, एनआइसी एशिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमइ बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com