२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

दोल्ती पावरको आईपीओ फागुन ८ गतेदेखि खुल्ने

दोल्ती पावरले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि फागुन ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।

आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ।

बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटल गर्ने छ भने यस आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद गर्ने सक्ने छन्। स्थानीयले एनआईसी एसिया बैंकको नयाँबजार शाखा, ग्लोबल आइएमई बैंकको देवकोटा चोक शाखा र प्रभु बैंकको देवेन्द्रचोक शाखाबाट आवेदन दिन सक्नेछन् भने बैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले छिटोमा माघ २५ गते गतेसम्म आवेदन दिन सक्नेछन भने बैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन २५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com