२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

यस्तो रह्यो आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)को लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ।

युरोपियन युरो आज एकको खरिद मूल्य १४० रूपैयाँ ९५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५९ पैसा, बेलायती पाउण्डको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ २३ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ ०२ पैसा छ।

मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ४० पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ५४ पैसा छ। यस्तै, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७० पैसा र बिक्रीदर भने ४३२ रूपैयाँ ६६ पैसा छ। यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५० रूपैयाँ ९९ पैसा तोकिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com