२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

विकास बैंक र फाइनान्सले ब्याजदर घटाउने

डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनी एशोसियसनको बैठकले ०.२५ प्रतिशतले विकास बैंक र फाइनान्स कम्पनीहरुले आगामी फागुनदेखि ब्याजदर घटाउने निर्णय गरेको छ । पछिल्लो समय तरलता सहज भइरहेकाले दुवै कम्पनीले ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

अब विकास बैंकहरुले फागुनमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ प्रतिशत र रेमिट्यान्स खातामा १२.७५ प्रतिशत ब्याजदर गर्ने भएका हुन्।

वाणिज्य बैंकहरुले भने फागुनमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाउँदा वाणिज्य बैंकलाई भने घटाउनै पर्ने दबाव परेको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ देखि लागू हुने गरी ब्याजदर प्रकाशन गर्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com