२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)को लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ३२ पैसामा कारोबार भइरहेको छ।

युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५९ पैसा कायम गरिएको छ भने बेलायती पाउण्डको खरिददर १६० रूपैयाँ ०३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७६ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ९२ रूपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३० पैसा र बिक्रीमा ९८ रूपैयाँ ७५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ २ पैसा छ।

मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ५२ पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ६६ पैसा छ। यस्तै, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर भने ४३३ रूपैयाँ छ। यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ०६ पैसा तोकिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com