२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

बिहिबार माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । यसमा सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले सेयर पाएका हुन्।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन परेकोमा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएका छन्।

सो हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । यसमध्ये आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर यसअघि नै निष्काशन गरिसकेको छ।

यसैगरी, कम्पनीले सामूहिक लगानी कोषमा १ लाख २० हजार कित्ता र कर्मचारीहरुका लागि ४८ हजार कित्ता सेयर छुट्याइएको थियो भने बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सोही सेयर आज बाँडफाँट गरिएको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com