विजय लघुवित्तको लाभांश घोषणा

विजय लघुवित्त वित्तीय संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।
बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
साथै बोनसमा लाग्ने कर तिर्नको लागि १.०५२६ नगद लाभांश पनि दिने भएको छ । कम्पनीले हक कायम चुक्ता पूँजी ३२ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर र १.०५२६ प्रतिशतले हुन आउने ३३ लाख ६८ हजार ४२१.०५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।