२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

भारतको बजेट : नेपाललाई दिने अनुदान घट्यो, भुटानलाई बढ्यो

भारतले बुधबार आर्थिक वर्ष २०२३/२४ को लागि बजेट सार्वजनिक गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सितारमणले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् ।

भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ। भुटानलगायतका देशलाई दिने अनुदान भारतले बढाए पनि नेपाललाई दिने अनुदान भने घटाएको हो ।

मन्त्री सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन्।

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी हुन्।

गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएकाे थियाे।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयाेग गर्ने उल्लेख गरेकी छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com