कालिञ्चोक दर्शनको आईपीओ माघ १९ गते बाँडफाँड हुने

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकले माघ १९ गते (बिहीबार) बिहान ९ः३० बजे आइपिओ बाँडफाँड हुने जनाएको छ।
माग भन्दा झन्डै १८.५२ गुणा बढी आवेदन परेको उक्त लघुवित्तको आइपिओमा १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन परेका छन्। गोलाप्रथामार्फत बाडफाड हुने यो आईपीओ ८९ हजार ६४० जनाले मात्र सेयर पाउने छन् भने बाँकी की १३ लाख ४३ हजार जना भने बन्चित हुने छन्।
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन्।