२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

अर्को एटिएमबाट पैसा झिक्दा १५ रुपैयाँभन्दा बढी लिन नपाइने

एउटा बैंकको कार्ड प्रयोग गरी अर्को कुनै बैंकको एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै अन्तर एटीएम कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन पाउने बताएको हो ।

एकीकृत निर्देशिका अनुसार कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्।

यसअघि फरक एटिएमबाट पैसा झिक्दा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । यस्तै, अब हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने भएको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com