२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

१२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको सूचना

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने गरी एक वर्षदेखि साढे ३ वर्षसम्म कालोसूचीमा राखेको हो। कार्यालयको सूचना अनुसार ३ वर्ष का लागि राष्ट्र सेवा निर्माण सेवा (डडेल्धुरा) लाई र बाँकी ११ कम्पनीहरुलाई १ वर्षको लागि कालो सूचीमा रखिएको छ। उनीहरुलाई कालोसूचीमा राख्न विभिन्न कार्यालयले सिफारिस गरेका थिए।

१ वर्षको लागि कालो सूचीमा परेका कम्पनीहरुमा युनिभर्सल मल्टी सर्भिस प्रालि (काठमाडौँ), स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि (प्युठान), सुक्रिक निर्माण सेवा (दाङ), एसडी कन्स्ट्रक्सन (धनुषा), मुक्तिनाथ बिल्डर्स एन्ड कम्पनी (काठमाण्डौ) र लक्ष्मी निर्माण सेवा (अर्घाखाँची), जलेश्वर निर्माण सेवा (धादिङ), डीभी घिमिरे कन्स्ट्रक्सन (कुरिनटार), अन्जना निर्माण सेवा (चितवन), दिल्ली ट्रेडिङ (वीरगन्ज) र बी मेनेजमेन्ट प्रालि (पोखरा) छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com