२०८० मंसिर १८ - Mon Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १८
Mon Dec, 2023

सुपर माई हाइड्रोपावरको आइपिओ सर्वसाधारणको लागि खुल्ने

सुपर माई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि माघ २३ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ। २५ हजार कित्ता सामूहिक लगानी कोष र १० हजार कित्ता कर्मचारीलाई छुट्याएको कम्पनीले बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणको लागि खुल्ला गर्न लाएको हो।

कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ।

यसमा लगानिकर्ताले माघ २६ गतेसम्म आवेदन दिन पाउने छन् भने यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा फागुन ८ गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com