२०८१ बैशाख ३ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख ३
Mon Apr, 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २५ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८५ पैसा सार्वजनिक भएको हो।

युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ९५ पैसा र विक्री दर १४२ रुपैयाँ ६१ पैसा कायम रहेको छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा, सिंगापुरे डलर एकको खरिददर ९९ रुपैयाँ २४ पैसा र विक्री दर ९९ रुपैयाँ ७० पैसा र अष्ट्रेलियन डलर एकको खरिदर ९२ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९३ रुपैयाँ ०२ पैसा कायम रहेको छ।

यस्तै, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा र जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०३ पैसा र विक्रीमा १० रुपैयाँ ०८ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com