२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

जापानमा पानीजहाज दुर्घटना : एक जनाको मृत्यु, नौ जना बेपत्ता

जापानको नागासाकी प्रान्तमा १४ चिनियाँसहित र म्यानमारका आठ चालक दलका सदस्य रहेको मालवाहक कार्गो पानीजहाज पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन् । छ हजार छ सय ५१ टन क्षमताको जहाजमा २२ जना सवार थिए ।

जापानको तटरक्षक बलले डान्जो टापुबाट करिब ११० किलोमिटर पश्चिममा मङ्गलबार राति ११ः१५ बजे आपतकालीन फोन आएको जनाएको छ । गस्ती डुङ्गा र विमानहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् र उनीहरू लाईफबोटमा तैरिरहेको हुनसक्ने आशा गरिएको छ ।

सामुद्रिक गार्डले भने डुबेको मालवाहक जहाजको आसपासमा शक्तिशाली हावाहुरीका कारण खोजी तथा उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ । चार जना चिनियाँ र एक जना म्यान्मारका गरी चालक दलका पाँच जना सदस्यलाई सकुशल उद्धार गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com