२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

शोधभर्ना बिल पेस नगर्दा सरकारी खातामा अर्बौ रकम आएन

काठमाडौँ। शोधभर्नाको बिल समयमै पेस गर्न नसक्दा सरकारी खातामा १ खर्ब आउनबाट बञ्चित भएको छ । शोधभर्नामा आधारित आयोजनाका लेखा अधिकृतले बिल पेस नगर्दा २६ अर्ब ८६ करोड ५५ लाख तत्काल प्रणालीमा आउन नसकेको हो।

२०७९ असार मसान्तसम्म ३६ अर्ब ८६ करोड ५५ लाख शोधभर्नामा आधारित रकम उठ्न बाँकी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा भएपनि अर्थमन्त्रालय योजना तथा अनुगमन महाशाखाको तथ्यांक अनुसार १ खर्ब ७ अर्ब भन्दा बढी रकम शोधभर्ना वापतको उठ्न बाँकी छ।

अर्थमन्त्री विष्णु पौडेलले शोधभर्नाका लागि बिल समेत नपठाउँदा रकम नै फ्रीज भएको बताएका छन्। ‘समयमा बिल समेत नपठाउँदा अर्बौ रुपैयाँ ल्याब्स भइसकेको रहेछ,’ उनले केही दिन अघि आर्थिक पत्रकारसँगको कुराकानीमा भनेका थिए, ‘बेथितिको चाङ नै रहेछ।’

शोधभर्नाको रकम समयमै सरकारको खातामा नआउनुमा सबैभन्दा बढी जिम्मेवार लेखा अधिकृत हुन्छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com