२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

६ महिनामा १३ अर्बका स्मार्टफोन आयात

चालु आर्थिक बर्षको ६ महिनामा १३ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । भन्सार भिभागका अनुसार ६ महिनामा १३ अर्ब ९८ लाख रुपैयाँका आठ लाख ९५ हजार सेट मोबाइल नेपाल भित्रिएका छन् ।

आठ महिनादेखि लगाएको मोबाइल आयात प्रतिबन्ध पुस १ गतेदेखि खुलेको थियो। त्यस लगत्तै मोबाइल आयात बढ्न थालेको छ । तीन सय डलर माथिका मोबाइलमा आयात प्रतिबन्ध हटेसँगै पुस महिनामा मात्रै दुई अर्ब रुपैयाँका मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

पुस महिनासम्म ५१ ओटा विभिन्न देशबाट नेपालमा मोबाइल आयात भएको पाइएको छ । नेपालमा भित्रिने मोबाइल सबैभन्दा बढी चीन, भारत, भियतनामबाट भित्रिने गरेका छन् ।

विभागका अनुसार गत आर्थिक बर्ष २०७८/७९ को पुस मसान्तसम्म २५ अर्ब ६२ करोड रुपैयाँ बराबरका ३५ लाख सेट मोबाइल भित्रिएको थियो । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा यो बर्ष १२ अर्ब रुपैयाँले मोबाइल आयात घटेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com